‘रुँदा रुँदै हाँसेको मान्छे’ सार्वजानिक

रियल जोडी जीवन भट्टराई र लक्ष्मी वर्दैवाको “रुँदा रुँदै हाँसेको मान्छे” बोलको गीतको म्यूजिक भिडियो सार्वजानिक भएको छ ।

जोडीद्धयले डाइरेक्सन गरेको उक्त गीतको म्यूजिक भिडियोको छायाङ्कन बुद्ध थापाले गरेका छन् ।

गोपालचन्द्र राईको शब्द रचना, विक्रम राईको संगीत र सागर संसार राईले स्वर दिएको यस गीतले वियोगान्त भाव बोकेको छ ।

रेडियो नेपालद्धारा आयोजित खुल्ला आधुनिक गीत प्रतियोगिता २०७२ मा दोश्रो भएको रुँदा रुँदै हाँसेको मान्छे बोलको गीतलाई पाँच वर्ष पछि रेकर्डिङ गरिएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।