काठमाडौं । नेपालमा कोरोना संक्रमित संख्या ३१ हजार माथि पुगेका छ । पछिल्लो २४ घन्टामा मात्र ६३४ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले शनिबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले थपिएका नयाँ संक्रमितसँगै नेपालमा कूल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको बताएका छन् ।

मन्त्रालयका अनुसार शनिबारसम्म पीसीआर विधिबाट ५ लाख ९२ हजार ४१८ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा १२ हजार ५१९ पीसीआर परीक्षण भएका छन् ।

२४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १३६ जना रहेको छ । योसँगै हालसम्म निको हुनेको संख्या १८ हजार ३५० पुगेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।