काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट ४८ घण्टाको अवधीमा २० जनाको मृत्यु भएको छ । नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या वृद्धि हुँदै गएको हो ।

२४ घन्टामा थप ९ जनाको मृत्यु भएको छ भने यसअघिको २४ घण्टामा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजित कोभिड १९ प्रेस ब्रिफिङमा सुनसरी, पर्सा, बारा, सिराह, मकवानपुर र भक्तपुरका संक्रमितको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा सुनसरीका २ जना रहेका छन् । सुनसरीका ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुषको मृत्यु भएको हो । पर्साका ६१ वर्षीय, ५८ वर्षीय र ४८ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको छ ।

बाराका ५८ वर्षीय, सिरहाका ६८ वर्षीय, मकवानपुरका ५६ वर्षीय र भक्तपुरका ७३ वर्षीय व्यक्तिको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।