कार्तिक । भारतको पटनामा भाजपाका प्रत्यासी प्रधानमन्त्री नरेंद्र मोदीको चुनावी र्‍याली सुरु हुनु भन्दा अगावै ८ स्थानमा बम विष्फोट भएको छ ।
विष्फोटबाट कम्तिमा ५ जनाको ज्यान गएको  र ७० भन्दा बढि घाइते भएको बिबिसिले जनाएको छ ।
घाइतेहरुको अहिले पटना मेडिकल अस्पताल उपाचार भइरहेको छ ।
विष्फोट गान्धी मैदानमा र पटना रेल स्टेशन लगायत ६ स्थानमा  गराइएको हो ।
 
आइतबार भाजपाको हुङ्कार र्‍यालीमा सहभागी हुन आउनेहरुलाई लक्षित  गरी बिभिन्न स्थानमा बम विष्फोट गराइएको थियो ।
विष्फोटपछि पटनाको सुरक्षा व्यवस्था कडा गरिएको छ । विष्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन। विष्फोटमा सम्लग्नहरुको खोजी कार्य तिब्र पारीएको प्रहरीले जनाएको छ । 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।