कात्तिक १० । शिर्ष नेता जुन जिल्ला जान्छन् त्यही जिल्ला बन्द गर्ने घोषणा गरेको नेकपा माओवादीले एमाओवादी नेता बाबुराम भट्टराई संखुवासभा जाने भएपछि जिल्ला बन्दको घोषणा गरेको छ ।

वैद्य पक्षिय कार्यकर्ताले खादबारी चैनपुर सडक खण्डमा दर्जनौ रुख काटेर अवरोध सिर्जना गरेपनि रुखहरुलाई भने प्रहरीले हटाएको छ ।

भट्टराई भने बाक्लो सुरक्षा घेराभित्र चुनावी सभास्थल चैनपुर पुगेका छन् । काठमाडौंबाट जहाजमा तुम्लिङटार झरेका वरिष्ठ नेता भट्टराईलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र एमाओवादीका झण्डै एक दर्जन गाडीले सुरक्षा दिएर चैनपुर पुर्‍याएका छन् ।

भट्टराई आउने थाहा पाएपछि माओवादीका कार्यकर्ताले यातयात बन्दको आहृवान गरेर रुख र ढुंगामुढा सडकमा अवरोध गरेपनि बिहानैदेखि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । जिल्ला केही मात्रामा मात्रै सवारी चलेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।