काठमाडौँ — सरकारले चार्टर उडानमार्फत विदेशमा रहेका नेपाली श्रमिक ल्याउन थालेको दुई महिना बित्यो । खाडी देशहरूमा मात्रै स्वदेश फर्कन चाहने नेपालीको संख्या ६८ हजारभन्दा बढी छ । तर, धेरै संख्यामा श्रमिक भएको खाडीका देशमा नै नियमित उडान तालिका छैन ।

सरकारले गत जेठ २३ देखि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई स्वदेश ल्याउन सुरु गरेको हो । भदौ २ सम्म खाडी तथा मलेसियाबाट ४४ हजार ४ सय ३ जना आइसकेका छन् । ती देशमा ७८ हजारभन्दा बढी उडानको प्रतीक्षामा छन् ।

कोभिड–१९ संक्रमणको फैलावटसँगै काम र कम्पनी बन्द भई रोजगारी गुमेका, करार अवधि समाप्त भएका, रोजगारदाताले एकतर्फी रूपमा निष्कासन गरेका वा करार भंग गरेकाहरूले स्वदेश फिर्ता हुन दूतावासमा आवेदन दिइरहेकाले यो संख्या बढिरहेको छ । समस्यामा परेका नेपालीलाई उद्धार गर्न दैनिक उडानको प्रबन्ध मिलाउन दूतावासहरूले सरकारलाई अनुरोध गरिरहेका छन् । कान्तिपुरमा खबर छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।