प्रचण्ड आउने भएपछि माओवादीद्धारा उदयपुर बन्द

कात्तिक ९ । नेकपा माओवादीले आज उदयपुर जिल्ला  बन्द गराएको छ ।

उदयपुरको क्षेत्र नम्बर १ मा बिहान ११ बजे हुने चुनावीसभालाई सम्बोधन गर्न एकीकृत नेकपा-माओवादी अध्यक्ष पुष्पकमल दाहाल उदयपुर जाने भएपछि नेकपा–माओवादीले  जिल्ला बन्द गर्न आह्वान गरेका हुन्  ।

बन्दका कारण त्यसक्षेत्रको जनजीवन प्रभावित बनेको छ। 
प्रचण्ड आउने  भएपछि नेकपा माओवादीले कार्यकर्ताहरुले गए राती  देखी नै रुखहरु  ढालेर सडक अबरुद्ध गराएका थिए । 


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।