कात्तिक ९ । निर्वाचन आयोगले आचारसंहिता उल्लंघनका विषयमा मधेसीजनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई कारबाहीको तयारी
गरेको छ ।
आयोगले अध्यक्ष विजय गच्छदारलाई स्पष्टीकरण
सोधेको छ । स्पष्टिकरणमा ‘कारबाही किन नगर्ने ?’ भन्ने बेहोराको पत्रमा
कारबाही नगर्नुपर्ने कारण भए २४ घन्टाभित्र पेस गर्न अल्टिमेटम समेत दिइएको
छ ।
कान्तिपुरमा छापिएको समाचारमा प्रमुख निर्वाचन
आयुक्त निलकण्ठ उप्रेतीले कुनै पनि पक्षबाट हुने आचारसंहिता उल्लंघन सह्य
नहुने बताए । ‘हामीले २४ घन्टाको समय दिएर उहाँलाई प्रष्टिकरण सोधेका छौं,’
उनले भने ।
निर्वाचन कानुन अनुसार चुनावको
स्वच्छता र निष्पक्षतामा प्रभाव पर्ने भएकाले आचारसंहिता उलंघन गर्नेलाई
उम्मेदवारी रद्द गर्ने, जरिवाना र ६ वर्षसम्म चुनावलड्न नपाउने घोषणा गरी
सजाय दिनसक्ने अधिकार आयोगसँग छ ।
आचारसंहिता अनुसार एक
उम्मेदवारले आयोगबाट अनुमति दिएर दुईवटा हलुका सवारी साधन मात्र प्रयोग
गर्न पाइन्छ, तर गच्छदारले बिहीबार विराटनगरमा तेलसमेत वितरण गरी सयौं
सवारी साधन चुनावी कार्यक्रममा प्रयोग गरेका थिए।







