कात्तिक ८ । ताप्लेजुङमा सुतिरहेकै बेला सुरक्षाकर्मीको हतियार खोसी एमाओवादी उम्मेदवारमाथि आक्रमण भएको छ ।
आक्रमणबाट ताप्लेजुङको १ का उम्मेदवार सञ्चपाल मादेन घाइते भएका हुन् । उनीमाथि आज बिहान करिब ३ बजे जिल्लाको मेले गाविस २ मा सुतिरहेका बेला ओछ्यानमै आक्रमण भएको हो ।

नेकपा–माओवादी र संघीय लिम्बुवानका कार्यकर्ताहरुले आक्रमण गरेके एमाओवादीले आरोप लगाएको छ ।

उम्मेदवार मादेनसहितका एमाओवादी कार्यकर्ता चुनावी अभियानको क्रममा मेले गाविस पुगेको अवस्थामा उनीहरुमाथि आक्रमण भएको थियो । उम्मेदवारको सुरक्षामा ५ जना प्रहरी रहेको बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।