सुनकाे भाउमा ह्रास, बुधबार काराेबार कतिमा हुदै ?

आज बुधबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीकाे मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रति तोला ९७ लाख २०० रुपैयँमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार तोलामा ४०० रुपैयाँले घटेर प्रति तोला ९६ हजार ८०० रुपैयाँ कायम भएको छ ।

त्यसै गरी आज तेजावी सुन प्रति तोला ९६ हजार ३०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । बुधबार चाँदी प्रति तोला १ हजार ३१० रुपैयाँमा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।