कार्तिक ८ । नेपाली फुटबल टिमका क्याप्टेन सागर थापाले ७ औं साफ च्याम्पियनसिप अन्तर्गत बंगलादेशविरुद्ध क्वाटर फाइनलमा गरेको गोल बिश्व फुटबल इतिहासकै २० औं सनसनीपूर्ण फ्रि-किक गोलको सुचीमा सामेल भएको छ ।
हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।
साफ च्याम्पियनसिपको अफिसियल फेसबुक पेजले थापाको उक्त गोल इतिहासमै २० स्थानमा परेको जनाएको छ ।
नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु रंगशालामा सन् २०११ मा भएको खेलमा सागरले अन्तिम मिनेटमा पाएको फ्रि किकमा उनले त्यो लोभ लाग्दो गोल गरेका थिए। उनले ३५ यार्डबाट प्रहार गरेको बल सोझै जाली चुमेको थियो ।



