कात्तिक ८  ।अर्घाखाँचीको  सुपा देउरालीबाट कपिलबस्तु आउदौ गरेको बस अर्घाखाँची ठाडामा दुर्घटना हुदाँ  १५  जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सुपा देउराली देबीको  पुजा गरेर गरेर कपिलबस्तु तर्फ आउदै  गरेको लु १ ख ३३५४ नम्बरको बस ठाडा भेडामारे सडकबाट करिब ५० मिटर तल खसेको हो । घाइते  सबैको स्थानिय  प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार गराइएकोछ ।

दुर्घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको  इलाका प्रहरी कार्यलय ठाडाले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।