पछिल्लो २४ घण्टामा थप आठ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सोमा पाँच महिला छन् भने बाँकी तीन पुरुष छन् ।

ललितपुरकी ६५ वर्षीया, बाराकी २३ वर्षीया, कास्कीकी ३२ वर्षीय, बाँकेकी ७० वर्षीया र रुपन्देहीकी ७० वर्षीया महिलाको कोरोना भाइरसबाट निधन भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पुरुषमा काठमाडौँका ४८ वर्षीय, पर्साका ६२ वर्षीय र कपिलवस्तुका ५० वर्षीय पुरुषको निधन भएको हो ।
योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक सय ८३ पुगेको छ ।

नेपालमा मृत्युदर शून्य दशमलव ५२ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।