काठमाडौँ उपत्यकासहित देशभर आज हालसम्मकै बढी कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार २२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

उनीहरुमध्ये ३४८ महिला र ८७३ पुरुष छन् । भने पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु कहाँका हुन् भन्नेबारे मन्त्रालयले केही खुलाएको छैन ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।