राति कारमा सवार युवतीमाथि तीन जनाले बलात्कार गरेका हुन् । भारतीय सञ्चारमाध्यमहरुले घटनामा संलग्न तीनै जनालाई आफूले चिन्ने पीडित महिलाले बताएको खबर छापेका छन् । अभियुक्तहरु भने अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । प्रहरीले भने उनीहरुको खोजी भईरहेको बताएको छ ।
पीडित महिलाले तीनै जनाको नाम उल्लेख गरी जाहेरी दिएकी छिन् ।
गत बर्षको डिसेम्बरमा गुडिरहेको बसमा २३ बर्षिया युवतीमाथि सामूहिक बलात्कार गर्ने चार जनालाई फाँसीको सजाय सुनाइएको थियो ।
पछिल्लो समय भारतको नयाँ दिल्ली महिलाहरुको लागि निक्कै असुरक्षित बन्दै गएको छ ।




