कात्तिक ७ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले  आफ्नो  निर्वाचन काठमाडौं क्षेत्र-१० का पार्टी कार्यकर्तालाई निर्वाचन जित्न साम, दाम, दण्ड, भेद सबै उपाय प्रयोग गर्न निर्देशन दिएका छन् ।
प्रचण्डले  प्रशिक्षणमा निर्देशन दिँदै भने, हामीलाई हार्ने छुट छैन । जे  सुकै होस्, हामीले जित्नुपर्छ । साम दाम दण्ड भेद जे गरेर भए पनि जित्नुपर्छ । विपक्षीले राँगो, रक्सी, मोटरसाइकल, पैसा बाँडेर चुनाव जित्ने कोशिस गर्ने बताउँदै उनले भने, हामीसँग  पैसा अलि थोरै छ। भए त पैसा पनि बाँड्ने हो । उनीहरुले बाँड्न ल्याएको राँगो, रक्सी, मोटरसाइकल र पैसा कब्जा गर्नोस्, यसले हैन हामीले दिन्छौं भन्दै बाँडिदिनोस् ।
दाहालले काठमाडौं १० मा मात्रै होइन, पार्टीले देशैभरि जित्नुपर्ने र आफूले पाएको मत पहिले भन्दा घट्न नहुने निर्देशन दिएका छन् । उनले बुधबार क्षेत्र नं १० अन्तरर्गत कीर्तिपुरमा घरदैलो कार्यक्रम गरेपछि राराहिल स्कुलमा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षणमा दाहालले उक्त निर्देशन दिएको अन्नपूर्णमा खबर छ । 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।