कात्तिक ६ । प्रभु मनि ट्रान्सफरले दशैं तिहार र छठपर्वका अवसरमा सुरू गरेको पास उपहार योजना अन्तर्गत काठमाडौंका विकास घिसिङले १ किलो चादी जितेका छन् ।

विजेता घिसिङलाई राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि एक केजि चादी प्रदान गरिएको हो । महान चाड दशैं तिहार र छठ हर्ष उमङ्गका साथ मनाउ भन्ने नाराका साथ सुरू गरेको यो योजनामा हरेक २१ दिनमा एक केजि चादी उपहार प्रदान गर्ने क्रममा घिसिङलाई पुरस्कार प्रदान गरिएको हो ।

घिसिङले जापानबाट पठाएको रेमिट्यान्स् काठमाडौमा झिकेका थिए ।

हालसम्म यो योजना अन्तरगत २ जनाले एक एक केजि चाँदी उपहार प्राप्त गरिसकेका छन् भने ६ जनाले काठमाठौ पोखरा काठमाडौ को हवाई टिकट तथा ९० जनाले ५ सय बराबरको रिचार्ज काड प्राप्त गरिसकेका छन् ।

भदौ २३ देखि कात्तिक २३ सम्म सञ्चालन हुने यो पास योजनामा हरेक २१ दिनमा एक केजि चादी, दैनिक २ जनालाई ५ सय बराबरको रिचार्जकार्ड, हरेक साता १ जोडिलाई पोखरा भ्रमणको टिकट र बम्पर उपहारमा १ जनालाई स्यान्ट्रो कार प्रदान गर्ने कम्पनीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।