नेपालका लागी डीडीसीए दिएको १ सय २३ रनको लक्ष्य नेपालले अन्तिम २ बल बाँकी रहदाँ ५ विकेटकोले विजयी भएको छ ।नेपालको तर्फबाट विनोद भण्डारी र प्रदीप ऐरीले समान २६ रन बनाए यस्तै कप्तान पारस खड्काले २३ ज्ञानेन्द्र मल्लले १८ रन बनाएका थिए ।
डीडीसीए पहिले व्याटिङको निम्तो पाएको डीडीसीएले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २३ रन बनाएको थियो । नेपाललाई बिजयी गराउन सागर पुनले २ शक्ति गौचन पारस अभिनाश कर्ण र अमृत भट्टराईले एक एक बिकेट लिन सफल भएका थिए।
नेपाली टोलीले पहिलो अभ्यास खेलमा हार व्यहोरे पनि दोस्रो र तेस्रोमा लगातार जीत हासील गरेको छ ।
नेपाली क्रिक्रेट टोलीले आगामी कात्तिक २९ मा युएईमा हुन गइरहेको ट्वान्टी-
ट्वान्टी विश्वकप छनोट प्रतियोगिता र साथै न्युजील्याण्डमा हुने वान-डे विश्वकप छनौट प्रतियोगिताको पुर्ब सन्धामा नेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यासका लागी भारत गएका हुन् । ।