कात्तिक ६ । एकीकृत नेकपा माओवादीका तर्फबाट कास्कीको निर्वाचन क्षेत्र नं. १ मा उम्मेदवार बनेका विष्णु पौडेलले प्रयोग गर्ने जीपमा आगजनी भएको छ ।

पौडेलले चुनाव प्रचार–प्रसारका लागि प्रयोग गर्दै आएको ग.१.च ५१४३ नम्बरको बोलेरो जीपमाथि आज अज्ञात समूहले आगजनी गरेको हो ।

कास्कीको पुर्वी गाविस सिद्धको वडा न. ६ स्थित निवुवास्वाँरामा पार्किङ गरेर राखेको जीप आगजनीबाट ध्वस्त भएको प्रहरीले जनाएको छ ।

बास बसेको ठाउँबाट विहान चार बजे उठेर नित्यकर्म गर्न जाने बेलाको छोटो समयमा जीपमाथि आगजनी भएको उम्मेदवार पौडेलको भनाई छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।