काठमाडौं । भक्तपुरमा कोरोना संक्रमितको घरमा वडा कार्यालयले ताला लगाईदिएपछि डेरामा बस्ने घरभित्रै थुनिएका छन् ।
भक्तपुर नगरपालिका १० मा ४७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएपछि संक्रमितलाई अस्पताल लगिएपनि घरमा भने वडा कार्यालयले ताला लगाइदिएको हो।
वडा कार्यालयले घरमा ताला लगाईदि पछि कमलविनायक स्थित संक्रमित पुरुषका परिवार र डेरागरी बस्ने तीन परिवारका १० जना घरभित्र थुनिएका छन् । अन्य स्थानमा यस अघि कोरोना संक्रमित भेटिएपछि संक्रमितको टोलका केहि भाग मात्रै संक्रमित क्षेत्र भनेर सिल गर्ने गरिएको थियो।
Comments