काठमाडौं । काठमाडौं उपत्यकामा ४०८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४०८ संक्रमित थपिएको जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा नेपालभर १०४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा १२ हजार ४७५ नमुना परीक्षण गर्दा ३४९ महिला र ६९२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।