काठमाडौं । डलरको भाउ स्थिर जस्तै देखिएको छ । केही दिनयता डलरका भाउमा सामान्य उतारचढाव मात्र हुँदै आएको छ । नेपाल राष्ट्र बैंकले सोमबार एक डलरको खरिददर ११६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३२ पैसा निर्धारण गरेको छ ।
आइतबारकै बराबर सोमबार पनि डलरको भाउ तोकिएको हो । यसअघि, चीन र अमेरिकाबीच बढ्दो व्यापार युद्ध, कोरोन भाइरस लगायतका कारण लगानीकर्ताले डलर सञ्चय गर्न गर्दा आकासिएको थियो ।
विस्तारै कोरोना संक्रमण नियन्त्रण गर्न खोप विकास हुने सम्भावना देखिएकाले पनि डलरको भाउ केही तल झर्न थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
Comments







