मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबारको तुलनामा मंगलबार सुन प्रति तोलामा ३०० रुपैयाँ घटेर प्रति तोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रति तोला ९६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, तेजावी सुनको प्रतितोलाको मूल्य ९५ हजार ३०० रुपैयाँ रहेको छ । त्यस्तै, आज (मंगलबार) चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रति तोलामा १० रुपैयाँले घटेर प्रति तोला १३ सय १० रुपैयाँमा कारोबार भैरहेको छ । तर सोमबार चाँदीको भाउ १३ सय २० रुपैयाँ थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।