काठमाडौं । काठमाडाै उपत्यकामा दुई सातादेखि जारी निषेधाज्ञा अब के गर्ने भन्ने विषयमा छलफल सुरू भएकाे छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच भर्चुअल संवादमार्फत छलफल सुरू गरिएकाे छ ।

कोरोना संक्रमण बढेपछि तीनवटै जिल्लाले भदौ ४ गतेदेखि निषेधाज्ञा लगाउँदै आएका छन् । अन्तिम पटक थप गरिएकाे समय बुधबार मध्यराति सकिँदैछ ।
अझै संक्रमण नियन्त्रणमा नआएकाले पूर्ण रुपमा खुला नखुलाउने तर केही खुकुलाे पार्ने तयारी गरिएकाे बताइएकाे छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।