मानव सेवा आश्रमलाई निःशुल्क एनएलपी ट्रेनिङ

काठमाडौं । भिजनरी संस्थाले मानव सेवामा समर्पित ४० जनालाई न्युरो लिंग्विस्टिक प्रोग्रामिङ (एनएलपी) को निशुल्क प्रशिक्षण दिएको छ । संस्थाका मास्टर चेतना कोच इन्द्र गुरुङले एनएलपी आत्म विकास र संचारको वैज्ञानिक पद्धति भएकोले मानव सेवामा समर्पित व्यक्तिहरुलाई यो आवश्यक भएकोले मानव सेवा आश्रमका ४० जनालाई भर्चुअल रुपमा प्रशिक्षण दिइएको बताए ।

समृद्ध मुलुक निर्माण र सुखी नेपालीको भिजनलाई प्राप्तिका लागि एनएलपीलाई व्यापक बनाउँनुपर्ने समेत उनले बताए । सो कार्यक्रम २३ सेप्टेम्बरसम्म संचालन हुनेछ । जसमा पाँच जना प्रशिक्षकले प्रशिक्षण दिने छन् । कार्यक्रममा भिजनरीकी अध्यक्ष राजेश्वरी श्रेष्ठ र वरिष्ठ संचारकर्मी अनिता गुरुङले मानिसलाई रुपान्तरण गर्ने यो वैज्ञानिक पद्धति सिकेपछि मानव सेवा आश्रमले आफ्नो लक्ष्य र प्रतिबद्धता प्राप्ती गर्न सफल हुने विश्वास व्यक्त गरे ।

‘हामी कुनै पनि हालतमा यो देशमा भोकै र नाङ्गै भई सडकपेटी र सार्वजनिक स्थलमा कष्टपुर्ण जीवनयापन गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने अभियानमा छौं । यो अभियानलाई एनएलपीले महत्वपूर्ण योगदान दिने विश्वास छ,’ मानव सेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए ।

बेसहारा, असहाय, अशक्त, अभिभावकविहिन, सहयोगापेक्षी सडक आश्रित मानव मुक्त राष्ट्र नेपाल बनाउने प्रतिबद्धता र मानवीयताको राष्ट्र नेपाल बनाउने सपना लिएर आश्रम २०७३ सालमा स्थापना भएको हो । यो १४ जिल्लामा विस्तार भएको छ भने यसको १९ वटा केन्द्र रहेका छन् । संस्थाले हालसम्म सडकबाट३ हजार २ सय बढीलाई उद्धार गरेको छ । त्यसैगरी करिब १७ सयल जनालाई सुधारपश्चात परिवारसँग पुर्नमिलन गरेको छ । आश्रममा हाल कबिर ११ सय जना रहेका छन ।

मानवसेवा आश्रमसँगको पहल एवं सहकार्यमा विभिन्न पालिका तथा क्षेत्रलाई बेसहारा, असहाय, सहयोगापेक्षी सडक आश्रिम मानवमुक्त घोषणा घोषणा समेत गरिएको संस्थापक अध्यक्ष अधिकारीले बताए । गोरखा नगरपाकिला, मकवानपुर जिल्ला, पशुपति श्रेत्र, भरतपुर महानगरपालिका, बुटबल उपमहानगरपालिका, सिद्धबाबा मन्दिर धाम क्षेत्रले सडक आश्रित मानवमुक्त घोषणा गरिएको छ । सोच, क्रियाकलाप र बोलीका कारण पनि मानव सेवामा फरक पर्ने भएकाले एनएलपीले यसमा सहयोग गर्ने गुरुङले बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।