काठमाडौं । सरकारले आज बिहीबारदेखि निषेधाज्ञा खुकुलो पारेको छ । उपत्यकाको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको हो ।

आजबाट उपत्यकामा १६ सिट भन्दा बढी क्षमता भएका सवारी सञ्चालनका लागि भने जोरविजोर प्रणाली लागू हुनेछ । त्यस्तै अत्यावश्यक वस्तु तथा सेवाका लागि भने औषधी बिक्रि वितरणका लागि भने पसलहरु जुनसुकै समयमा पनि सञ्चालन गर्न पाइनेछ । उपत्यका भित्र ढुवानीका साधनहरु भने दिउँसो २ बजेबाट बेलुका ७ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाइने छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।