काठमाडाैं । काठमाडाैंका एक वृद्वकाे कोरोना संक्रमणबाट मृत्यु भएको छ । मंगलबार साँझ ललितपुरस्थित अल्का अस्पतालमा उपचारका क्रममा काठमाडौंका ६७ वर्षीय संक्रमितको मृत्यु भएको हाेे । उनी मंगलबार नै अस्पतालमा भर्ना भएका थिए ।
योसँगै काठमाडौंमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।
Comments