नागरिक लगानी कोषद्धारा ८२ प्रतिशत हकप्रदको घोषणा



काठमाडौं । नागरिक लगानी कोषले ८२ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव गरेको छ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँको दरले १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको हकप्रद जारी गर्न लागेको हो ।

कोषले १ बराबर ०.८२८४ अनुपातमा १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव धितोपत्र बोर्डसँग अनुमतिका लागि माग गरेको छ । हाल कोषको चुक्ता पुँजी १ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । हकप्रद बिक्री गरेपछि कोषको चुक्ता पुँजी ३ अर्ब पुग्नेछ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला