फेरि बढ्यो सुनको भाउ, यस्तो छ बुधबारको मूल्य



काठमाडौं । नेपाली बजारमा केही दिन यता घट्दै आएको सुनको भाउ आज भने उकालो लागेको छ । बुधबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ बढेर उकालो चढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाल सुनको भाउ तोलाको ९६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ प्रतितोला १३ सय १५ रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुनको भाउ तोलाको ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ३ सय रुपैयाँ निर्धारण भएको थियो । यसदिन चाँदीको भाउ प्रतितोला १३ सय १० रुपैयाँ रहेको थियो ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला