काठमाडौं । नेपाली बजारमा आज बिहीबार पनि सुनको भाउ बढेको छ । आज सुनको मूल्य प्रति तोला ४ सय रुपैयाँ बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाल सुनको भाउ तोलाको ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ प्रतितोला १३ सय २५ रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुन तोलाको ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ९ सय रुपैयाँ रहेको थियो । यसदिन चाँदीको भाउ प्रतितोला १३ सय १५ रुपैयाँ कायम भएको थियो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।