कात्तिक । रोजगारीका लागि कोरिया जान दिनुपर्ने भाषा परीक्षा अन्तर्गतको नतिजा सार्वजनिक भएको छ ।
इपिएस भाषा परीक्षामा ३ हजार ७ सय ६२ जना कृषितर्फ र ४ हजार ९ सय ६० जना भने उत्पादनमूलक कामका लागि उत्तीर्ण भएका छन् । उत्तीर्णमध्ये ४ सय ४७ जना महिला रहेको इपिएस कार्यालयले जनाएको छ ।
रोजगार अनुमति प्रणाली इपीएस अन्तर्गत दक्षिण कोरिया जानका लागि लिइएको भाषा परीक्षामा ८ हजार ७ सय २२ जना उत्तीर्ण भएका छन् ।
इपिएस भाषा परीक्षामा ३ हजार ७ सय ६२ जना कृषितर्फ र ४ हजार ९ सय ६० जना भने उत्पादनमूलक कामका लागि उत्तीर्ण भएका छन् । उत्तीर्णमध्ये ४ सय ४७ जना महिला रहेको इपिएस कार्यालयले जनाएको छ ।
आज सार्वजनिक नजिता हेर्नका लागि www.epsnepal.gov.np र www.dofe.gov.np मा गएर हेर्न सकिने छ ।
उच्च अंक ल्याएकाहरुलाई फेरी क्षमता परीक्षण गर्ने र त्यसमा पनि धेरै अंक ल्याउनेलाई प्राथमिकताका साथ कोरियाको रोजगारदाता कम्पनीमा सिफारिस गरिने बताइएको छ । आज पास हुनेहरुले कोरिया जान पाइन्छ भन्ने ढुक्क भने हुने छैन । कोरियाबाट सम्झौतापत्र नआएसम्म कोरिया जान पाउने निश्चित हुने छैन ।
Comments