कात्तिक ४ ।  चुनावी सुरक्षाका विषयमा आशंका पैदा भईरहेको अवस्थामा आज नेपाल प्रहरी र निर्वाचनको सुरक्षाका लागि भर्ति भएका म्यादी प्रहरीबीच नै झडप भएको छ ।

आफूहरूको सेवासुबिधा कमभएको भन्दै बारा जिल्ला प्रशासन कार्यलय घेराउ गर्ने क्रममा दुई पक्षबीच झडप भएको हो ।

झडपमका क्रममा प्रहरीको लाठी चार्जबाट १० जना भन्दा बढी म्यादी प्रहरी घाइते समेत भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराले दुई महिनाको तलब दिने आश्वासन दिएर डेढ महिनाको मात्रै उपलब्ध गराउन लागेको भन्दै म्यादी प्रहरी प्रदर्शनमा उत्रिएका हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।