कात्तिक ४ । नेकपा-माओवादीका कार्यकर्ताले काभ्रेको विकट कोशीपारी क्षेत्रमा भोट माग्दै पुगेका एमाओवादीको उम्मेवादर सहितको टोलीलाई लखेटेका छन् ।

एमाओवादीका क्षेत्र. न.४ का उम्मेदवार नारायण बानियाँ, समानुपातिक उम्मेदवार गोविन्दनाथ उप्रेती लगायत रहेको टोलीलाई नेकपा माओवादीको यअसघि नै घोषित गाउँ रोक लगाउने कार्यक्रम अन्तर्गत लखेटेका हुन् । कोशीपारी क्षेत्र भ्रमणमा रहेका उनीहरुलाई सिमथलीबाट लखेटेको माओवादीले जनाएको छ । एमाओवादीले भने नेकपा माओवादीलाई आफूहरुलाई नलेखेको तर सामान्य विवाद भएको बताएको छ ।

यसैबीच, नेकपा-माओवादी काभ्रेले उम्मेदवारलाई गाउँ-गाउँबाट लखेट्न निर्देशन दिएको छ ।

घोषित ४ मंसिरको निर्वाचनको विपक्षमा रहेको माओवादीले एउटा राजनैतिक शक्तिलाई बाहिर राखेर गर्न लागेको निर्वाचनको औचित्य नभएको भन्दै यस्तो निर्देशन दिएको हो ।

माओवादी जिल्ला कमिटिले मातहत ३ नगर सहित ८६ गाउँ कमिटिलाई उम्मेदवारलाई गाउँबाट लखेट्न लिखित निर्देशन दिएको हो ।

माओवादीले कार्यकर्तालाई उम्मेदवारलाई गाउँमा आए लखेट्न लिखित आदेश दिएको हो । उसले भोट माग्न आएका उम्मेदवारलाई गाउँ प्रवेश गर्न रोक लगाउने र त्यसको उल्लघन गरेर गाउँ छिरे लखेट्न भनेको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।