कात्तिक ४ ।  मंसिरमा हुने संविधानसभाको चुनावमा उठेका अन्य उम्मेदवारलाई भोट माग्न भ्याई नभ्याई भएकाले बेला मोरङका दुईजना उम्मेदवार भने जुवाको खालबाट पक्राउ परेका छन् ।

विराटनगर-४ स्थित आफ्नो घरैमा जुवाको खाल चलाएका मोरङ क्षेत्र नं। ७ का नेपाल जनता पार्टीका उम्मेदवार समुद्रमणि कोइराला र सोही क्षेत्रबाट उठेका मधेसी जनअधिकार फोरम मधेसका चन्द्रकुमार मण्डललाई गयराति ११ बजे प्रहरीले पक्राउ गरेको हो ।

दुवै उम्मेदवारसहित १७ जना जुवाडेलाई प्रहरीले रंगेहात पक्राउ गरेर हिरासतमा राखेको थियो । जुवाको खालबाट उम्मेदवार पक्राउ गरेर हिरासतमा राखेपछि प्रहरीले प्रमाण नपुगेको भन्दै आइतबार विहान सबैजनालाई रिहा गरेको छ ।

पक्राउ परेका विरुद्ध आवश्यक सवुत प्रमाण जुटाउन नसकिएकाले दुवै उम्मेदवारसहित सबैजनालाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । – रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।