उम्मेदवारलाई घरदैलोमा जान माओवादी र लिम्बुवानको रोक

 कार्तिक ४ । पुर्वका जिल्लाहरुमा चुनावी प्रचारमा गएका राजनितिक दलका नेता कार्यकर्तालाई नेकपा माओवादी र लिम्बुवानका कार्यकर्ताले अवरोध गरेका छन् ।
नेकपा-माओवादी र मंच सम्बद्ध सघिय लिम्वुवान राज्य परिषदका औपचारीक रुपमै  चुनाबी प्रक्रियामा सामेल नहुन  आग्रह गर्दै  एकीकृत माओवादी, काँग्रेस, एमाले,  लगायतका दलहरुको चुनावी सभा तथा घरदैलो कार्यक्रममा नजान धम्की दिएका छन् ।
माओवादी र मोर्चाले पाँचथरका एमालेका उम्मेदार  डम्बर सिंह सम्बाहाम्फे, काँग्रेस उम्मेदवार भिष्मराज आङदेम्वे  चुनाबी प्रचाररमा अवरोध गरेका  छन् ।  यसै गरी राप्रपा नेपालका उम्मेदवार पदमसुन्दर लावतीको गाडीमाथि आक्रमणको प्रयास गरेका छन् ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।