कात्तिक ४ । उदयपुर क्षेत्र न. ३ का एकिकृत नेकपा माओवादीका उम्मेदवार मोहनबहादुर खत्रीको घरमा आज बिहान  कालो झण्डा सहित झोलामा शंकास्पद बस्तु फेला परेको छ  ।
उनको घरमा २ जनाको समुहमा आएका व्यक्तिले  घरको मुलगेटमा कालो झण्डा गाडेर  कालो झोलामा तार देखिने गरी ‘खतरा’ लेखेर शंकास्पद बस्तु राखेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यसरी उम्मेदवारको घरमा शंकास्पद बस्तु भेटिएपछि वरपरका छिमेकीहरु पनि तर्सित  भएका थिए।   उदयपुर प्रहरीका अनुसार शंकास्पद वस्तु  कुनै बिष्पोटक प्रदार्थ नभई  पलाष्टिक भित्र ढुंगा भएको जानकारी दिएको छ ।
प्रहरीले उम्मेदवारलाई आंतकित बनाउनमा  लागी  यस्तो  गरिएको हुन सक्ने  बताएको छ । आंतकित कार्यमा  सहभागीहरुको  खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।