कात्तिक ३ । नेपाली सेनाले गृह मन्त्रालयको कमाण्ड अस्वीकार गर्ने भएको छ ।

गृहको योजनाअनुसार खटिने सेनाको चेन अफ कमाण्ड अन्य सुरक्षा संगठनको झै सम्बन्धित प्रमुख जिल्ला अधिकारीको रहनेप्रति सेनाले असन्तुष्टि जनाएको हो ।

जिल्ला सुरक्षा समितिको सिफारिसमा प्रमुख जिल्ला अधिकारीको आदेशमा सेना परिचालित हुनुपर्ने गृहको तयारीमा सेनाले असहमति जनाएको हो ।

सैनिक प्रवक्ता जगदिशचन्द्र पोखरेलले एकीकृत सुरक्षा योजना अनुसार समन्वयात्मक रूपमा परिचालन भए पनि चेन अफ कमाण्ड सेनाकै हुने बताएको खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

गृहको योजना प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जाँदा आफ्नो कमाण्ड भत्कीने सेनाको भनाई छ।

गृहले एकीकृत निर्वाचन सुरक्षा योजना अन्तर्गत आइतबारदेखि नेपाली सेना निर्वाचन सुरक्षामा परिचालन हुनेछ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।