पत्रकार थापाले पाए काेराेना बीमा वापतको एक लाख

काठमाडौं । मिसन मिडिया क्लबले पत्रकार महासंघ ललितपुरका काेराेना भाइरस (कोभिड-१९) संक्रमित पत्रकार विदुर थापालाई कोभिड बीमा बापतको रू एक लाख रुपैया हस्तान्तरण गरेको छ । कोभिड–१९ को सङ्क्रमणको बढ्दो जोखिमकाबीच पनि अविराम आफ्नो कर्म क्षेत्रमा क्रियाशील नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिकाे समन्वयमा गत काठमाडौँ, भक्तपुर र ललितपुरका ११९ पत्रकारको सुरक्षाको लागि क्लबको तर्फबाट ‘कोभिड बीमा’ गरिएको थियो ।

नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिका महासचिव रहेका क्लबका अध्यक्ष श्रीजन झाले आज प्रदेश समितिको कार्यकक्षमा आयोजित एक सामान्य कार्यक्रमकाबीच पत्रकार थापालाई बीमा कम्पनी सगरमाथा इन्स्योरेन्सबाट प्राप्त बीमा रकम रू १ लाखको चेक हस्तान्तरण गरेका हुन् ।

त्यस अवसरमा उपत्यका प्रदेश समितिका कोषाध्यक्ष टेकबहादुर रोका (टेनिस), महासंघ ललितपुर शाखाका कोषाध्यक्ष रामहरी कार्की कान्तिपुर हटलाइनका पत्रकारद्दय विष्णु विष्ट , त्रिरत्न महर्जन लगायतको उपस्थित रहेको थियो । त्यस्तै अबको केहि दिनमा अर्का कोभिड संक्रमित पत्रकार संजय केसीलाइ समेत विमा वापतको रकम हस्तान्तरण गरिने महासचिव झाले जानकारी दिएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।