आज सुनको भाउ घटेको छ । असोज महिनाको पहिलो दिन आज बिहीबार सुन तोलामा ९०० रुपैयाँले घटेर कारोबार भइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रतितोला ९६ हजार ६०० र तेजाबी सुन प्रतितोला ९६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । भदौ महिनाको अन्तिम दिन सुन ९७ हजार ५०० रुपैयाँ तोकिएको थियो ।

यसैगरी आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ३२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।