पशुपतिका मूल भट्टको तलबभत्तामा कर लगाउने तयारी

काठमाडौ, कार्तिक १
पशुपति क्षेत्र विकासले पशुपतिनाथ मन्दिरको मूल र अन्य भट्ट पुजारीको तलबभत्तामा कर लगाउने तयारी गरेको छ । सञ्चालक परिषद्को १२३ औं परिषद्ले सरकारी नियम अनुसार कर लगाउने योजना बनाएको हो ।

संस्कृति मन्त्री रामकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले पशुपतिनाथका अन्य विवादित विषय सुल्झाउन कार्यदलसमेत गठन गरेको छ । संस्कृति मन्त्रालय प्रतिनिधि, विकास कोषका सदस्य सचिव, कोषाध्यक्ष, कोषका एक जना सदस्य र विकास कोषका लेखा सहभागी रहेको कार्यदल गठन गरेको हो । कार्यदलले मूल भट्ट र अन्य भट्टको विशेष पूजाबापतको विशेष भत्ता र बजेटमा आएको विवाद सम्बन्धमा अध्ययन गर्नेछ ।

महिना दिनअघि बसेको १ सय २२ औं सञ्चालक परिषद् बैठकले विशेष पूजा गरेबापत मूल भट्ट र अन्य भट्टलाई बीस प्रशित विशेष भत्ता र कर छुट दिने निर्णय गरेपछि विकास कोषका सदस्यबीच विवाद भएको थियो । विवादपछि कोषको बजेटसमेत पारित हुन सकेको थिएन ।

संस्कृति मन्त्रालयका अधिकारीका अनुसार गत बुधबारको बैठकमा पनि विशेष भत्ता र बजेटका सम्बन्धमा निकै विवाद भएको छ । ‘विशेष पूजाबापत २० प्रतिशत अतिरिक्त भत्ता दिने भन्नेमा अझै विवाद छ, बीसबाट १२ प्रतिशतमा झार्नेमा सहमति हुने जस्तो देखिएको थियो, त्यो पनि हुन सकेन,’ ती अधिकारीले

भने । विशेष पूजाबापत कोषमा वाषिर्क १२ करोड रुपैयाँ संकलन हुन्छ भने प्रत्येक दिन ३० वटाभन्दा बढी पूजा लाग्छन् । कोषका एक सदस्यका अनुसार कोषले मूल भट्ट र अन्य तीन भट्ट पुजारीको कर छुट दिंदा बर्सेनि ६० लाख रु पैयाँ घाटा हुने गर्छ । ‘कर छुट विशेष पूजाबापत २० प्रतिशत दिंदा त कोषले भेटीघाटी नियमावली बनाएको कुनै अर्थ छैन्,’ ती सदस्यले भने ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव गोविन्द टण्डनले चाँडै निर्णय गरिने बताए ।

कोषले मूल भट्टको ३० र अन्य भट्टको करिब २० लाख रुपैयाँ वाषिर्क तलबभत्ता वितरण गरेको छ । ती सदस्यका अनुसार कार्यदलले बजेट र अन्य

विवादित विषयमा अध्ययन गरी चाँडै टुंगो लगाउनेछ । १ सय २२ औं परिषद् बैठकमा गृहसचिव जनार्दन नेपाल, महानगरका कार्यकारी लक्ष्मण अर्याल लगायतले विशेष पूजाबापत मूल भट्टलाई दिइने २० प्रतिशत भत्ताको विरोध गरेका थिए ।

-दीपेन्द्र विष्ट, कान्तिपुर दैनिक

Comments
spot_img

More like this

चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा

झापा ८ साउनः ताप्लेजुङको लेलेपको हिमाली बस्ती छाडेर चार दशकअघि मधेस झर्नुभएका ७२ वर्षीय जहरमान लिम्बूको एउटै...

बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन...

काठमाडौँ । चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा...

स्पेन बन्याे फिफा २०२६ काे विश्व विजेता

काठमाडाैं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित गर्दै स्पेन दोस्रोपटक विश्व विजेता बनेको छ...