कात्तिक २ । दाङमा एमाओवादी नेतामाथी गोली प्रहार भएको छ । त्यहाँ एमाओवादीका जिल्ला सदस्य हरिचन्द्र चौधरीमाथि गोली प्रहार भएको हो ।
डुरुवा गाविस ६ धमकापुरका चौधरीलाई घर छेउमै गोरु चराउँदै गरेको अवस्थामा शनिबार अपरान्ह पौने ४ बजे अज्ञात समूहले गोली भएको छ ।
चौधरीको दुई खुट्टामा २ वटा गोली लागेको छ भने दायाँ कुममा खुकुरीको गहिरो चोट लागेको छ ।
घाइते चौधरीको राप्ती अञ्चल अस्पताल तुलसिपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Comments




