प्रचण्ड समकालिन राजनीतिमा ‘अरुभन्दा कोसौ’ अगाडी, घोषणापत्र सार्वजनिक

कात्तिक ३ । एकीकृत नेकपा माओवादीले आफ्नो पार्टीको घोषणापत्र शनिबार सार्वजनिक गरेको छ ।

प्रतिवद्धता पत्र नाम दिइएको उक्त घोषणापत्रमा एमाओवादीले समकालिन राजनीतिमा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई अरु भन्दा कोर्सौ अगाडी भएको भन्दै दाहाललाई निर्विवाद नेताको रुपमा उभ्याएको छ ।

घोषणापत्र सार्वजनिक गर्दै पार्टी अध्यक्ष दाहालले आफ्नो पार्टीको घोषणापत्र परम्परागत संसदीय पार्टीकोजस्तो खोक्रो आश्वसनको पुलिन्दा नभएको बताए ।

नेता बाबुराम भट्टराई संयोजकत्वमा घोषणापत्र लेखन समितिले घोषणापत्र तयार पारेको थियो ।

कार्यक्रममा नेता भट्टराईले भने प्रतिबद्धतापत्रमा एमाओवादीले गर्न सक्ने कामलाई अभिलेखिकरण गरेको जनाए ।

घोषणा पत्रमा ४० वर्षमा नेपाललाई विश्वमै धनी बनाउने, ३ वर्षमा लोडसेडिंगको अन्त्य गरिने, भूमिमाथि वास्तविक जोताहा किसानको अधिकार सुनिश्चित गरिने, गरीवीको रेखामुनी रहेका विपन्न बर्गलाई सामाजिक सुरक्षाको हक हुने जस्ता आश्वासन अघि सारिएको छ ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपति र व्यवस्थापिका सदस्यहरुबाट निर्वाचित प्रधानमन्त्रीलाई जोड दिइएको घोषणापत्रमा संघीय नेपालको मूल तहगत संरचना संघ, प्रदेश र स्थानिय गरि तीन तहको हुने उल्लेख गरिएको छ ।

माओवादीले आफ्नो घोषणापत्रमा ११ प्रदेशलाई अघि सारेको छ ।

Comments
spot_img

More like this

आठ पटक मन्त्री बनेका विष्णु पौडेलको कष्टडीसम्मको यात्रा

काठमाडौं । सम्पत्ति शुद्धिकरण मुद्दामा कष्टडीमा रहेका पूर्व मन्त्री तथा एमाले नेता विष्णु पौडेललाई एमालेभित्र एमालेको ‘माडे’...

फुटबलमा टाउकाेमाथि हात क्रसको अर्थ के हुन्छ ? इजिप्टका...

काठमाडौं । तपाईले हिजो राती अर्जेटिना र इजिप्टको खेल पक्कै हेर्नु भयो । नहेरेपनि हल्ला, चर्चा र...

विश्वकप ग्राउण्डको विवादः मिडिया- कसले कसरी प्रस्तुत गरे

काठमाडौं । गएराती मेसीको टिम अर्जेन्टिना ३-२ गोलको अन्तरमा इजिप्टसँग विजयी बन्यो । ७८ मिनेटसम्म २–० को...