मन्थली , आश्विन ३१
दोलखाको झुले ४ निवासी ३० वर्षीय शंकर कार्कीको दशैंके टीका लगाउन आफन्तको घरमा गएको बेला लडेर मृतु भएको छ । रामेछापको नमाडी गाविसमा रहेको आफन्तको घरमा दसैंको टिका लगाउन आएका उनको बिहीबार लडेर ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार कार्की आमाका साथमा नमाडी आएका थिए । बिहान ब्रस गर्दै धारामा गएका कार्कीको अपरान्ह्र मात्र शव फेला परेको थियो ।
आफन्तले खोजतलास गर्दा धारा भन्दा केहि पर कार्कीको शव फेला पारेको थियो । प्रहरीले कार्की छारे रोगी रहेको जनाएको छ ।
कार्कीको शव पोष्टमार्टमका लागि बिहीबार जिल्ला सदरमुकाम मन्थली तर्फ ल्याईंदै गरेको प्रहरीले जनाएको छ ।
Comments