काठमाडौं, असोज ३१
सुनचाँदीको भाउ अघिल्लो दिनको तुलनामा विहीबार घटेको छ ।

सुन तोलामा ११ सय रुपैयाँले घटेर ५४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेस्तै चाँदी तोलामा १० रुपैयाँले घटेको छ । विहीबार चाँदीको भाउ तोलामा ९ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । भाउ घटेपनि यतिबेला सबैजना दशैंको माहोलमा व्यस्त रहेकाले कारोबार भने खासै राम्रो नभएको सुनचाँदी व्यवसायीले बताएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।