रगतमा चिनीको मात्रा बढी हुने भएकाले मधुमेहका रोगीले जे पायो त्यही खानेकुरा खान हुँदैन । यो एक दीर्घ रोग भएकाले रोगीले खाना खाँदा निक्कै होस पुर्याएर खानुपर्छ । यसका साथै यस्ता रोगीले सीमित खानेकुराहरु नियमित र ठिक्क मात्रामा खान आवश्यक छ । यहाँ हामी तपाईलाई यस्ता खानेकुराको बारेमा जानकारी दिँदैछौं जुन मधुमेह नियन्त्रणका लागि खान आवश्यक छ ।
१. स्याउ : भनिन्छ दिनको एउटा स्याउले डाक्टरलाई टाढा राख्छ : विशेषगरी कार्डियोलोजिष्ट । सन २०१२ मा ओहियो स्टेट युनिभर्सिटीले प्रकाशित गरेको जर्नलमा चार हप्तासम्म् दिनमा एउटा स्याउ सेवन गर्नाले नराम्रो कोलेस्ट्रोललाई ४० प्रतिशतले घटाउने गर्छ । कोलेस्ट्रोल एउटा यस्तो तत्व हो जसले मुटु रोगलाई मद्दत गर्छ ।
यसका साथै स्याउमा मधुमेह कम गर्ने तत्व पनि पाईन्छ । हाभार्ड स्कुल अफ पब्लिक हेल्थले दुई लाख मानिसहरुको स्वास्थ्यस्थिती जाँच गर्दा हप्तामा ५ वा सो भन्दा बढी स्याउ खाने मानिसमा मधुमेहको खतरा २३ प्रतिशतले कम हुने जनाएको छ ।

२. कुरिलो : स्वादका दृष्टिकोणले मात्र हेर्ने हो भने पनि कुरिलो धेरैजासो मानिसको मन पर्ने तरकारी हो । के तपाईलाई थाहा छ कुरिलोमा ५ ग्राम कार्बोहा८ड्रट, २० प्रतिशत क्यालोरी र करिब २ ग्राम फाइृबर पाईन्छ । यसमा बिशेषगरी ग्लुताथायन नामक एन्टिअक्सिडेन्ट पाईने भएकालदे यसले बुढ्यौलीको असरलाई फिक्का बनाउने गर्दछ भने विभिन्न रोगबाट मुक्त गराउँछ । जस्तै मधुमेह, मुटुरोग र क्यान्सर ।
सन २०१२ मा ब्रिटिश जर्नल अफ न्यूट्रिसनले गरेको एक अनुसन्धानका अनुसार कुरिलोले रगतमा चिनीको मात्रालाई राम्रो अवस्थामा राख्ने गर्दछ भने इन्सुलिनको मात्रालाई बढाउने काम गर्छ ।

३. एभोक्याडो : नास्पातीजस्तो देखिने फल एभोक्याडो स्वास्थ्यका दृष्टिले निक्कै राम्रो मानिन्छ । मधुमेह र एभोक्याडोबीच निक्कै सकारात्मक सम्बन्ध रहेको छ । सन २०८ मा अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिसनले प्रकाशित गरेको रिपोर्ट अनुसार एभोक्यार्डो खाने महिलाहरुमा दोस्रो प्रकारको मधुमेह हुने खतरा २५ प्रतिशतले कम हुन्छ ।

४. सिमी सिमीमा प्रचुर मात्रामा फाईबर पाइन्छ । साथै,यो प्रोटिनको राम्रो स्रोत मानिन्छ । जसका कारण मधुमेहका रोगीले यसलाई आफ्नो खानामा सामेल गराउनु आवश्यक छ । सन २०१२ मा गरिएकाखे उक अनुसन्धानका अनुसार टुसा उम्रिएको सिमीको तरकारी दिनमा एक कप खाने गर्नाले रगतमा चिनीको मात्रामा सन्तुलित हुन्छ भने ब्लड प्रेसर पनि कम गर्छ ।

५. ब्रोकाउली ब्रोकाउलीमा बेटा क्यारोटिन नामक एीन्टअक्सिडेन्ट पाईन्छ । जसले मधुमेह रोगीलाई फाईदा पुर्याउँछ । यसमा भिटामीन ‘ए’ प्रचुर मात्रामा पाइने हुँदा दाँत हड्डी, छाला र आँखालाई फाईदा पुर्याउछ । यो फोलेट र फाइबरको खानी भएका कारण स्वास्थ्यका लाथि निक्कै लाभदायक मानिन्छ ।

६. गाजर गाजरलाई भिटामिन ‘ए’को खानीका रुपमा लिईन्छ । यो भिटामिन रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि आवश्यक तत्व मानिन्छ । यसले मधुमेह रोगलाई राहत प्रदान गर्दछ भने केहि क्यान्सरबाट मक्ति दिने मायो क्लिनिकलले बताएको छ ।

७. माछा सन २०१० को डायटरी गाइडलाइन फर अमेरिकाले हप्तामा दुईपटक माछा खान सुझाउको छ । माछामा ओमेगा ३ फ्याटी एसिड पाइने हुँदा यसले अरहाथमियास (असामान्य मुटुको धड्कन) को जोखिमलाई कम गर्ने गर्दछ । मधुमेहका रोगीले माछाको सेवन गर्नु लाभदायक मानिन्छ ।

८. लसुन खानालाई मिठो बनाउन हामिले प्रयोग गर्ने लसुनमा औषधीय गुणसमेत रहेको छ । यसले उच्च कोलेस्ट्रोल, मुटु रोग, उच्च रक्तचाप र क्यान्सरको खतरालाई टाढा राख्छ ।

९. प्याज प्याजमा एन्टिअक्सिडेटको मात्रा बढी हुने भएकाले यसले मधुमेहका रोगीलाई फाइदा पुर्याउँछ । प्याजमा मधुमेहका रोगीलाई फाईदा पुर्याउँने फाइबर, पोटासिम र फोलेटजस्ता तत्व हुने भएकाले यसलाई खानामा संलग्न गर्न अत्यावश्यक छ । सन २००२ मा अमेरिकन जर्नल अफ क्लिनिक न्युट्रिसनले गरेको अनुसन्धान अनुसार प्याजमा पाइने फ्लेभोननोइड क्वेरसेटिनले दीर्घ रोग लाग्नबाट बचाउँछ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।