काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पेरिसडाँडास्थित पार्टी कार्यालयमा सुरु भएको छ । पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी छन् ।
यसअघि, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न दिने सहमति भएको थियो । त्यसपछि प्रचण्डले बैठक पेरिसडाँडामा बोलाएका हुन् । यसअघिका बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएका थिए । सचिवालय बैठकका लागि पेरिसडाँडास्थित कार्यालयको माथिल्लो तलामा भौतिक दुरी कायम गरी आसनको व्यवस्था मिलाइएको छ ।
Comments








