असोज २८-बङ्गालको खाडीमा आएको आँधीबेहरीको प्रभावका कारण नेपालमा पनि प्रभाव परेको आज आज पनि देशभर बर्षा हुने भएको छ । आँधीको प्रभाव आज अझ बढ्ने भएकाले सुदूरपश्चिम बाहेक देशभर बढी वर्षा हुने र भोलिदेखि क्रमिक सुधार आउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम बाहेक देशभर वर्षा भएको छ । पूर्वी भेगमा कालो बादलसहित बढी वर्षा भएपनि मध्य र पश्चिम भेगमा हल्का बादलका साथ वर्षा भइरहेको छ । मौसमविद् राजेन्द्रप्रसाद श्रेष्ठका अनुसार बङ्गालको खाडीबाट सुरु भएको ‘फाइलिन’ आँधीबेहरी भारतको तटीय राज्य आन्ध्र प्रदेशहुँदै नेपालमा प्रवेश गरेको हो । आंन्ध्र प्रदेश तथा ओडीशाको तटीय क्षेत्रमा भिषण वर्षा भएको छ भने ठाउ ठाउमा पहिरो गएको छ । त्यस क्षेत्रका ५ लाख भन्दा बढि नागरिकलाई सुरक्षित स्थानमा सारिएको भारतिय सञ्चार माध्यमले जनाएका छन् । भारतीय प्रधानमन्त्री डा मनमोहन सिंहले आँधी प्रभावित क्षेत्रमा तत्काल राहतका लागि निर्देशन दिनु भएको छ । सरकारले जोखिम क्षेत्र घोषणा गरेपछि ५० लाख मानिस विस्थापित भएको विविसिले जनाएको छ । गयराति २ सय किलोमिटर प्रतिघण्टाका दरले आएको आँधिको गति केही सुस्ताउदै गएको छ ।
आँधीबेहरीको प्रभाब बढदो, आज पनि देशभर बर्षा हुने
Comments