असोज २८- संविधानसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको मतपत्र छाप्ने काम आधा सकिएको निबार्चन आयोगले जनाएको छ  । आयोगका अनुसार समानुपातिकका लागि ७४ लाख मतपत्र छापिसकिएको छ । आयोगका प्रवक्ता वीरबहादुर राईले बताउनु भए अनुसार आज सम्ममा ७४ लाख मतपत्र छापिसकिएको र भक्तपुर स्थित जनक शिÔा सामग्री केन्द्रमा मतपत्र छाप्ने काम जारी रहेको छ । जानकारी अनुसार समानुपातिक निर्वाचनका लागि हल्का रातो र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि नीलो रङ गरी दुई रङका मतपत्र छाप्ने काम भइरहेको छ ।  आज विजयादशमीका दिन मात्रै आयोग कार्यालय बन्द हुने  आयोगले जनाएको छ

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।