काठमाडौं । नेपाली बजारमा हिजो १७ सयले घटेको सुनको मूल्य आज पनि घटेर नै कारोबार भइरहेको छ । आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेको हो।
आज बुधबार छापावाला सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो मंगलबार सुनको मूल्य एक हजार ७ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, बुधबार चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ। यस दिन चाँदी प्रतितोला एक हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदीको मूल्य तोलामा ९० रुपैयाँले घटेर प्रतितोला एक हजार २३० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्य उच्च दरले बढेसँगै सुनको मूल्य घटेको बताइएको छ।