काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६३७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ४९२, भक्तपुरका ९५ र ललितपुरका ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । थप तीन जनाको मृत्यु भएको छ । काठमाडौंका १६ वर्षीय पुरुष र ६८ वर्षीया महिला तथा ललितपुरका ७४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।